देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

देशान्तर


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् । अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।