काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने बताएका छन् ।
बुधबार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताएका हुन् । उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने दाबी गरे ।
नेता खनालले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए ।े एमाले राप्रपा, लोसपा र कांग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको र भयानक अलमलमा रहेको टिप्पणी गरे । खनालले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए ।





प्रतिक्रिया