काठमाण्डौ। नेपालको चितवन जिल्लामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ। हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउंडेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ ( नोभेम्बर २४ ) गते देखि १२ मङ्सिर ( नोभेम्बर २८ ) सम्म चितवनको ‘लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीट रिसोर्ट’मा यो आध्यात्मिक शिविर हुन गईरहेको छ। पायलट बाबाको यो ध्यान-योग तथा समाधि विषयक आध्यात्मिक शिविर ‘भिजिट चितवन २४’ को पुर्व संध्यामा हुन गईरहेको छ।
चितवन महानगरपालिकाले ईश्वी सन २०२४ लाई ‘भिजिट चितवन’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ। चितवन महानगरपालिकाको मेयर रेणु दाहालले बाबाको हुन गईरहेको आध्यात्मिक शिविर प्रति खुशी व्यक्त गरेकी छन। पायलट बाबा आफ्नो आध्यात्मिक योग – समाधि शिविरलाई ‘क्लास’ भन्न रुचाउनु हुन्छ। शिविर अवधिमा उहाँ सहभागीलाई विभिन्न यौगिक क्रिया – मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे प्रोफेसर झै क्लास लिनु हुन्छ। उहाँ भन्ने गर्नु हुन्छ – हेर्नुस, योग गर्ने भन्दा बुझ्ने कुरा हो, कुरा बुझ्न साथ चुटकीका भरमा जीवन र सोच एवम धारणा परिवर्तित हुन्छ। नेपालमा पहिलो पटक हुन गईरहेको पायलट बाबाको शिविर अथवा क्लास जापान – अमेरिका – रूस – यूक्रेन लगायत यूरोपका विभिन्न देशमा संचालित हुँदै आएका छन। वर्षमा झण्डै ४ – ५ महीना उहाँ विश्वभरी क्लास लिदैँ हिड्नु हुन्छ। यसै क्रममा उहाँ सेप्टेम्बर १२ मा रूसमा आयोजित हुने कार्यक्रमका लागि रूस प्रस्थान गर्दै हुनु हुन्छ। ‘लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीट’ का संचालक देवेन लोहनीका अनुसार बाबा मङ्सिर ६ गते ( नोभेम्बर २२ ) चितवन आई पुग्नु हुन्छ। बाबाको क्लास मङ्सिर ८ देखि १२ गते सम्म चल्छ। यस क्लासमा ५० -६० जना रशियनका अतिरिक्त जापान – अमेरिका – यूक्रेन – जर्मनी – इटली – टर्की – भारतबाट थुप्रै मानिस सहभागी हुन आउँछन। हामी लाई स्थान अभाव हुने चिन्ताले सताई रहेको छ।
शिविरका लागि बुकिंग प्रक्रिया हरिद्वार स्थित पायलट बाबा आश्रम र लेक ट्वेंटी थाउजेंड रिसोर्ट’मा प्रारम्भ भइसकेको छ । पायलट बाबाको मङ्सिर ६ गते देखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामंडलेश्वर योग माता चेतना, महामंडलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुनेछ। बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम नेपाली पत्रकार ज्ञानमित्रले गर्दै छन।
Enter
Enter





प्रतिक्रिया