देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

देशान्तर


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना(ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छन् ।

आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन ् ।मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्टपारिन् ।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताइन् ।