देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आकाशे पुलमुनि फोहोर फाल्ने १७ जनालाई कारबाही

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमुनि फोहोर फाल्ने १७ जनालाई कारबाही गरेको छ ।

महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने कोटेश्वरको आकाशे पुलमुनि फोहोर फाल्न आएका उनीहरुलाई राति नै पक्राउ गरी कारबाही गरिएको हो । कारबाहीस्वरुप महानगरले ती व्यक्तिलाई जनही एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना असुल गरेको छ ।

आकाशे पुलमुनि फोहोर भएको गुनासो लामो समयदेखि आइरहेकाले राति महानगर प्रहरी खटाएर निगरानी गरिएको महानगरले जनाएको छ ।