देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेम्वाङको निधनमा आज सार्वजनिक बिदा

देशान्तर

काठमाडौँ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो । 

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टि समेत गरिँदै छ ।

गत मङ्गलवार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाइएको छ ।  

मङ्गलवार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक बिदा दिइएको हो ।