काठमाडौं । भक्तपुरको रानीकोटमा रहेको सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाहय पर्यटक र ग्राहकको रोजाईमा पर्न थालेको छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले आकर्षक गन्तब्य बन्दै गएको हो । यो संगै काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकाश भागहरु पनि होटलका कोठाहरुबाटै देखिन्छ ।

संचालक समितिका अध्यक्ष राम सुन्दर बकेका अनुसार अहिले आन्तरिक र बाहय ग्राहकहरु यहाँ खाना बस्न संगै अन्य कार्यक्रमहरु सेलिब्रेसन गर्न समेत पुग्ने गरेका छन् ।करिब २५ करोड रुपैयाँ लागतमा बनेको रिसोर्ट पाँच रोपनी जग्गामा फैलिएको छ । हल , बार, स्वीमिङपुल सुबिधा सम्पन्न कोठाहरु साथै बाल बच्चाका लागि रमाउने ठाउ लगायतका सुबिधा रहेको रसोर्टमा अन्य सुबिधाहरु पनि थप्दै जाने अध्यक्ष बके को भनाई छ ।





प्रतिक्रिया