काठमाडौं । सत्तारूढ दलमा आबद्ध विद्यार्थी संगठनहरूले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन् ।
शुक्रबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै सत्तानिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिनेगरी प्रवेश परीक्षा लिइनुपर्ने माग गरेका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले जारी गरेको विज्ञप्तिमा घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा नलिने काम नगर्न आग्रह गरिएको छ ।
“





प्रतिक्रिया