देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भट्टराई आज भारत प्रस्थान गर्दै

देशान्तर

काठमाडौं। नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ। भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ।भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन्।

नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन् ।