देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधान सम्पादक राणा अस्ट्रेलियामा सम्मानित

देशान्तर

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेका देशान्तर मिडिया प्रालीका अध्यक्ष एवम देशान्तरका प्रधान सम्पादक वरिष्ठ पत्रकार  कबिर राणालाई सम्मान गरिएको छ । राणा एनआरएन अस्ट्रेलिया एनएसडब्लु राज्य समितिले नेपाली पत्रकारिता क्षेत्रमा राणाले पुराएको योगदानको कदर गर्दै दोसल्ला र प्रमाणपत्र वाट सम्मानित गरेको हो। कार्यक्रममा उनकी  धर्मपत्नी नन्दु राणालाई पनि सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै राणाले विदेशमा बस्ने नेपालीलाई मुलुक र जन्मेको थलो नर्बिसन आग्रह गरे । उनले  राजनीति र प्रशासनमा विकृति र विसङ्गति संसारभर रहेको  तर नेपालमा  अलि बढी भएकोले सबै मिलेर  निरुत्साहित गर्नुपर्ने बताए । 

सम्मान कार्यक्रममा एनआरएन केन्द्रीय उप महासचिव गणेश केसीले हक्की स्वभावका सञ्चार कर्मी कबिर राणा  नेपाली लोकतान्त्रिक अभियानका अभियन्ता समेत भएकाले उनको योगदान बिर्सन नहुने बताए । यस्तै कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेशराज जोशीले नेपाली पत्रकारिता क्षेत्रमा देशान्तर र यसको भूमिका बिर्सन नहुने बताउँदै सञ्चार कर्मी राणा सम्मानयोग्य व्यक्तित्व रहेको चर्चा गरे । आइसिसी सदस्य डिल्ली ढकालले नेपालको मानव अधिकार र सञ्चार क्षेत्रमा राणाको साढे तिन दशकको यात्रा संझनलायक रहेको चर्चा गर्दै सीडनीमा  सम्मान गर्न पाउँदा निकै हर्षित भएको सुनाए ।

 एनआरएनका कोषाध्यक्ष अर्जुन गौतमले राणालाई अस्ट्रेलियामा स्वागत गर्न पाउँदा निकै हर्षित भएको बताए ।  कार्यक्रमका सभापति तथा एनआरएन एनएसडब्लु संयोजक विनोद कुवरले सम्मान अर्पण गर्दै राणाले नेपाली सञ्चार जगतमा खेलेको भूमिका अबिष्मरणीय रहेको र आगामी दिनमा पनि महत्त्वपूर्ण योगदानको अपेक्षा राखेको बताए । कार्यक्रममा नेपाली समाजका अगुवाहरू डा ज्ञानेन्द्र रेग्मी , डा राजु मानन्धर, अरुण ठाकुर , सुवाश शाह, जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसी लगायतको उपस्थिति रहेको थियो ।