काठमाडौँ । २ वटा संसदीय समितिका बैठक स्थगित भएका छन् । बिहान ११ बजे बोलाइएका अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएका हुन् ।
अर्थ समितिमा कुल २४ जना सांसद रहेकोमा गणपूरक सङ्ख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो, तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए ।
धेरै सांसद जिल्लातिर गएको र शिक्षक आन्दोलनका कारण गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भएको हो । यसैगरी २७ जना सदस्य रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पनि २ जना सांसद नपुगेर बैठक स्थगित भएको छ । बैठक बस्न १४ जना सांसद चाहिनेमा १२ जनामात्र आइपुगेका थिए ।





प्रतिक्रिया