देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुगुको गमगढी बजारमा आगलागी, सात वटा घर जलेर नष्ट

देशान्तर

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । 

स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परि ५ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने लाखौ रकम बरावरका धनमाल क्षति भएको छ । 

गए राति साढे १ बजे बाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् । 

मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने बिषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप बिवरण आउन बाँकी छ ।