देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेम प्रभास र साधनाको सहकार्य

देशान्तर


काठमाडौ । कवि हेम प्रभासको शब्द रचना रहेको ‘शान्ति’ गीतको भिडियो सार्वजनिक भएको छ । भारतीय गायिका साधना सरगमको स्वर र प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो
कार्यक्रमका विशेष वक्ता संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए । त्यस्तै पहिलो नेपाली महिला छायांकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य शवनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको बताइन् ।
गीतको भिडियोमा रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो हेमप्रभास आफंैले निर्देशन गरेका हुन् ।