देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्रमा



१६ कला अभिव्यक्त गर्ने
भगवान् श्रीकृष्णले रासलीला गर्ने दिन
शरद पूर्णिमाको त्यो दिन अमृत वर्षा हुने
त्यो चन्द्रमा, हो, त्यो चन्द्रमा
उद्देश्य हामीले पनि ठूलो बोकेको
महाकविले भनेजस्तै
परे त्यो चन्द्र छुने
तर सुरुङ युद्ध गर्नेहरू
सुनको बिस्कुट खानेहरू
र, ललिताको माटो खाने मट्टी चराहरूले
उड्न दिएनन्
गफको तातो हावामा
बेलुन सरह उडाए मात्र
दक्षिण सरहद पारिले
विश्वमा पहिलो पटक
भर्खर दक्षिण चन्द्रमा छोयो
हामी वाल्ल परेका छौ
बिहारको फोहोरमा सिता टिपिरहेकी
लक्ष्मीनियालाई हेरेर
गफै त हो,
प्रविधि विकासको व्याख्या
हाम्रो मुखियाको
पाताल प्रवासमा