देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘मेयर बालेन वार्ता गर्न आउनुभएको छैन’ : अभियन्ता ई:

अभियन्ताहरू संवादमा बोलाउँदा नआएको बालेनको दाबी

देशान्तर

काठमाडौँ । अभियन्ता ई: ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दाबी गरेअनुसार राष्ट्रिय सभागृहमा संवादका लागि नआएको बताएका छन् ।काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई चुनावी बाचा सम्झाउन ई :सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका छन् । अकस्मात् एक नगर प्रहरीले आफूहरूलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको उनको भनाइ छ ।अभियन्ता ईः महानगरले वार्ता गर्न चाहेको भए आफूहरू तयार रहेको बताएका छन् । वार्ताका लागि कानुन विज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय मागेको ई :ले बताएका छन् ।

तर मेयर शाहले भने अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका थिए ।बालेन आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू नै संवादमा नआएको बताएका छन् ।मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?