देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए नभएको विषयमा छानबिन गर्न आवश्यक

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताए । अध्यक्ष लिङदेनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताए ।

अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताए । यसैगरीनेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्तता हुनुपर्ने बताए ।
उनले महालेखापरीक्षक कार्यालयमा काम गर्नेहरुले लेखापरीक्षण गर्ने संस्थाको स्वतन्त्र स्वायत्तताका विषयमा प्रश्न उठाएको भन्दै सांसदहरुले महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त नभएको बुझ्ने बताए ।
उनले देशको सचिव वा मुख्य सचिवहरुको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताए ।