देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति रामचन्द्र पौडेल हिँडेर वसन्तपुर

देशान्तर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् ।राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् । 

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।