देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गलत / सही


को गलत ? को सही ?
के ठीक ? के बेठीक ?
बेकारको फतफत
सरकारी जग्गा व्यक्तिलाई दिने सही
आँखा सन्काएको भरमा ‘क्लिन चिट’
सिन्कीको मोलमा जग्गा किन्नेको जेलबास
गलत र सहीको परिभाषा छैन यहाँ
आशय शासकको,
परिधान कानुनको
कानुन मूकदर्शक बन्छ
सेवकहरू जय–जयकार गर्छन्
कुन गलत, कुन सही
शासकको आशयपछि बल्ल कानुनले पालो पाउँछ
एउटा जामा हो लगाइदिने
विभिन्न रङ, विभिन्न साइजका
मौसमअनुसारका ट्युनिकजस्ता
रङ्गमञ्चका भेषजस्ता
आशयअनुसार मिल्ने, मिलाउने
पहिराउने सेवक चौबिस घण्टा तम्तयार छन्
चिटिक्क पारिदिन्छन् कानुनी लिवासमा
अब भनौं के सही ?
कसले छुट्याउने ?
ऊ पनि यस्तै लिवासमा सजिएको छ ।