देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय फोरममा नेपालको बलियो  उपस्थिति रहेको दाबी गरेका छन् । दुई साता लामो अमेरिका र चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएका उनले मंगलबार पदाधिकारीको अनौपचारिक बैठकमा ब्रिफिङ गर्दै आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताए । 

 संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा जलवायु परिवर्तनले पारेको प्रभाव, नेपालको शान्ति प्रक्रिया, संसदबाट अनुमोदन गरेको व्याख्यात्मक घोषणासहितको अमेरिकी सहयोग परियोजना एमसीसी लगायत विषयमा आफूले विश्व नेतासमक्ष कुरा राखेको प्रचण्डले ब्रिफिङ गरेका थिए । यसैगरी नेपाल अल्पविकसित ४७ देशको अध्यक्ष भएको नाताले धेरै मुद्दाबारे छलफल गरेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

यस्तै विश्वले नेपालको शान्ति प्रक्रियालाई सकारात्मक ढङ्गले लिएका पनि उनले जानकारी गराएका थिए । यस्तै चीनमा राष्ट्रपतिसँग महत्त्वपूर्ण भेटवार्ता भएको र संयुक्त विज्ञप्ति आउनु पनि उपलब्धि भएको  प्रचण्डले जिकिर गरेका थिए