देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको रिटमाथिको सुनुवाइ स्थगित

देशान्तर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो । बिहीबारका लागि सो निवेदनमाथिको सुनुवाइ स्थगित गरिएको हो ।

खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।