देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५३ जनालाई इजरायलबाट नेपाल ल्याइयो

देशान्तर


काठमाडौं । इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् ।

द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।

बिहिबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रु मेम्बरले उद्धार उडान भरेका हुन् ।

हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।