देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘अन्य जहाजहरु आवश्यकता अनुसार इजरायल पठाइने छ’

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री साउदले, नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् । २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओलिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए ।

उनले भने ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

अहिले २ सय ५४ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उने बताए ।

मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै पनि उनले सुनाए ।