देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कासा लाउन्जमा गायक हरिश माथेमा र दिपक थापाले तताए ‘दशैं आयो’ साँझ

देशान्तर

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दसैँको अवसर पारेर कासा लाउन्ज एण्ड बारले आयोजना गरेको सांगितिक कार्यक्रम ‘दसैँ आयो’ भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौंको दरबारमार्गमा अवस्थित लाउञ्जले दसैँको अवसर पारेर आफ्ना ग्राहक, शुभचिन्तक तथा इष्टमित्रहरुसँँग शुभकामना आदानप्रदान गर्ने उद्देश्यका साथ संचालन गरेको कार्यक्रम शनिबार भव्यता साथ सम्पन्न भएको हो।

लाउन्जका सञ्चालक राम प्यारा श्रेष्ठले दसैँको शुभकामना आदानप्रदान गर्न र एक आपसमा खुसी साटासाट गर्नका निम्ति संगितिक कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रममा नेपालका वरिष्ठ पप गायक द्वय हरिश माथेमा र दीपक थापाले आफ्नो संगेतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन ‘द भ्वाईस अफ नेपाल’ शो का होस्ट सुशील नेपालले गरेका थिए। कार्यक्रमलाई अझ भव्य बनाउन नेपालका अन्य पप गायकहरुको समेत उपस्थित रहेको थियो।

संंचालक श्रेष्ठका अनुसार कार्यक्रममा पप गायक सुनिल उप्रेती, कार्यकम प्रस्तोता सुशील नेपाल तथा द भोइस अफ नेपालको ज्यूरी सदस्यहरु उदय सोताङ, प्रमोद खेरल, राजु लामा र निर्देशक लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो। संंचालक श्रेष्ठले आगमी दिनमा यस्तै संगीतिक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी अभैनयाँ तथा नौला कार्यक्रमे लिएर आउने बताएका छन्।