देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चको आदेशपछि रिगलले गरे नेपालगञ्जमा आत्मसमर्पण

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल रिगलले आत्मसमर्पण गरेका छन् । उनी सर्वोच्च अदालतले फैसला गर्दा नेपालगञ्जको एक क्याफेमा बसेका थिए ।

उनले भिडओ सार्वजनिक गर्दै आफूले सर्वोच्च अदालतको फैसलालाई विगतमा पनि सम्मान गरेको र यस पटक पनि सम्मान गर्दै आत्म समर्पण गरेको बताए । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले कैदीलाई कैद छुट दिँदा पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसला गरेको छ । ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कैद छुट दिने वा मिनाहा गर्ने निर्णय गर्दा कानुनले तोकेको प्रतिशतका अतिरिक्त पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसला गरेको हो ।

पूर्ण इजलासले बिहीबार सुनाएको फैसलाको पूर्णपाठमा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।