देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

देशान्तर

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् ।

भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको र धेरै घाईते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरु र औषधि लिएर त्यसतर्फ उड्नु भएको छ । एयरपोर्टबाट केहीबेरअघि उहाँ त्यसतर्फ लाग्नु भएको छ । अहिले घाईतेहरुको उद्धार नै पहिलो प्राथमिकता हो ।’ आर्चायले भने ।

खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम स्थलगत गएको हो ।

त्यस्तै अर्को स्काई ट्रक अबको केहीबेरमा थप डाक्टर र मेडिकल सामाग्रीसहित त्यसतर्फ उड्ने तयारीमा रहेको उनले बताए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पलगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो ।

यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।