देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपचार, राहत र उद्दारलाई प्रभावकारी बनाउन बानको अनुरोध

देशान्तर

काठमाडौं । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, बानले जाजरकोटलाई केन्द्रविन्द्र बनाएर गएको भूकम्पका कारण जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष कुमार भट्टराईले आज जारी गरेको प्रेस बिज्ञप्तीमा भूकम्पमा परेर निधन भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । यसैगरी उपचार, राहत र उद्दारको व्यवस्थालाई थप प्रभावकारी बनाउनका लागि अनुरोध गरिएको छ ।


भूकम्पको बेला रेडियोबाट प्रशारण हुने सूचना तथा सन्देश महत्वपूर्ण हुने भएकाले यस दुःखको घडीमा कत्ति पनि विचलित नभइ, आफ्नो क्षेत्रका स्रोताहरुलाई सुसुचित गराउनका लागि सम्पूर्ण रेडियो संचालकहरु, रेडियोकर्मीहरुलाई सकृय भुमिका निर्वाह गर्नका लागि पनि बानले अपिल गरेको छ ।