देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम :  पश्चिमी वायुको आंशिक प्रभाव

देशान्तर

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशको पहाडी भू–भागमा  आंशिक बदली रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

दिउँसो देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।