देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कप्तानमा इन्दु ,उपकप्तानमा विन्दू

देशान्तर

काठमाडौं । इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीको कप्तानमा बर्मालाई नियुक्त गरेको हो । वर्मा पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएकी हुन् ।

क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ । शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । टोलीमा उपकप्तानको जिम्मेदारी विन्दू रावललाई दिइएको छ ।

यसअघि महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । चार राष्ट्रको सहभागिता रहने शृंखलामा नेपाल र हङ्कङका अतिरिक्त जापान र तान्जिनिया सहभागी हुँदैछन् ।

नेपाली टोली –

 इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान), सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का, रुबी पोदार ।