देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएर अहिले रोकियोः दुर्गा प्रसाई

देशान्तर

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले पुर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।

‘म लहानमा हुदाँ काठमाडौंको सिडयो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोली देखी तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईले भने । उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पुर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।