देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यात्रा अंकमालको


सगरको यात्रामा मेघ थाक्छ
हलचल गर्न सक्तैन
अनि झर्छ
तिर्खाएकी धरा
प्यास बुझेर तृप्त भएपछि
बल्ल जल कणहरू मिल्छन्
अनि बाटो खोज्छन् यात्राको
कहिले नटुंगिनेजस्तो प्रवाह बनेर
यसरी हुर्किंदै जाँदा नदी बन्छ
नदीले आफ्नै बाटो आफैं बनाउँछ
जति घुम्न परे पनि
जति बुहार्तन भोग्नु परे पनि
अरूको बाटोमा हिँड्दैन
आफ्नै बाटो पहिल्याउँछ
तर वेगवान् बन्न
उच्च धरातलसँग
पानीको मुस्लोले
चिप्लेटी खेल्न सक्नु नै पर्दछ
त्यति वेला –
प्रत्येक बुँदमा
कोटी सूर्य जल्न सक्छ
आफ्नै बाटोमा हिँडेको यो तागतलाई
हाम्रा स्वनामधन्यहरू
कार्यकर्तासरह हिँडाउन चाहन्छन्
अन्तले भनेको ठाउँमा पानी पु¥याउन
आफ्नै माटो सिच्ने तन्नेरी ज्यान
मरुभूमिमा पु¥याउँछन्
आफू स्वप्न बगैंचामा रमाउन

असीमित बुँदहरू लहरिएपछि
बनेको वेग
सागरमा पुग्न लाग्दा
हलहल गर्न नसक्ने भइसकेको हुन्छ
त्यति वेला –
सागरले अंकमाल गर्दछ
उसको गहिराइमा समाधिस्थ हुँदा
बल्ल शान्ति पाउँदछ
यात्रा नदीको होस् या मान्छेको
एउटै हो, एउटै नै हो ।