देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल ईयूको कालोसूचीबाट नहटनुमा प्राधिकरणको दोष

देशान्तर


काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ । आज प्रवक्ता रमेश पौडेलल एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको जनाएका हुन् ।
युरोपियन युनियन (ईयू)बाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर लेखेको पत्रमा कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले उल्लेख गरेको छ ।

देशान्तरलाई प्राप्त एक पाँच पेजको महत्वपूर्ण कागजात अनुसार पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगमको कारण भन्दा पनि नागरिक उड्डयन प्राधिकरणको बर्तमान नेतृत्वको कारण उल्लेख छ ।
प्राधिकरणमा प्रदिप अधिकारी महानिर्देशक छन् । आफ्नो गल्ती ढाकछोप गर्न शुक्रबार प्राधिकरणले सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय गरेको थियो ।