देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनसेलको बिक्रीमा अर्बौ रुपैयाँ घोटालाको आशंका

कांग्रेस सम्मिलित सरकारले कानुनको दुरुपयोग गर्नेले दण्ड पाउने विश्वास दिलाउन सक्नुपर्ने महामन्त्री गगन थापाको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।
मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् ।महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।
महामन्त्री थापाले नागरिकका साना साना काम पनि नभएका कारण सरकारप्रति आक्रोश बढेको बताए ।
महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले कानुनको दुरुपयोग गर्नेले दण्ड पाउने विश्वास दिलाउन सक्नुपर्ने बताए।

यसैविच एनसेल आजियाटा लिमिटेडले आफ्नो सेयर बिक्रीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ।आजियाटाले आफ्नो सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ । तर, प्राधिकरणलाई कुनै जानकारी नदिई एनसेलको विदेशी लगानीकर्ताले नेपालबाट बाहिरिएको घोषणा गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

एनसेलले पठाएको जवाफमा के छ भन्ने कुरा अहिले सार्वजनिक भइसकेको छैन ।