देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको छ : दाहाल

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताएका छन् ।


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति समेत रहेका दाहालले नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास जनाए ।
उनले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले प्रविधि विकासका लागि सरकारले १ अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको पनि बताए ।