देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशान्तर


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी प्रदेश, मधेश तथा बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यता सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने जनाएको छ ।

यस्तै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।