देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा निगमै यथावत् छ : मन्त्रालय

आन्दोलन रोकी तत्काल काममा फर्किन आग्रह

देशान्तर

काठमाडौँ ।  संस्कृति मन्त्रालयले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङग) को अधिकार खोसेर अरूलाई दिने औपचारिक निर्णय सरकारले नगरेको जनाएको छ ।  

 मन्त्रालयले  निगम सम्बद्ध सबै ट्रेड युनियनलाई सम्बोधन गरी पठाएको पत्रमा ग्राउण्ड ह्याण्डलिङगका सम्बन्धमा औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएकोले निगममै अधिकार रहेको भन्दै  यस विषयमा नेपाल सरकारले निर्णय नगर्दा सम्म वायुसेवा निगमको भूमिस्थ सेवा यथावत् रहने भएकाले निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूले आन्दोलन रोकी तत्काल काममा फर्किन आग्रह गरेको छ ।  

मन्त्रीको निर्देशन अनुसार शाखा अधिकृत कृष्ण प्रसाद भट्टराईले पठाएको पत्रको बोधार्थ संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, सचिव र निगमलाई पनि दिइएको छ ।