देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको छ : प्रधान सेनापति

देशान्तर

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले उक्त जानकारी गराएका हुन् ।बिबिध कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको ८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको जानकारी शर्माले दिएका छन् ।


समितिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको पनि जानकारी दिएका थिए ।