काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका निकाय र सार्वजनिक संस्थानहरूका नाममा बुधबार ४८ बुँदे निर्देशन जारी गरेको छ । बिनाप्रतिस्पर्धा वा आवश्यकता बेगर सार्वजनिक खरिद ऐन वा नियमावलीको सीमाभित्र पारी परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्न अख्तियारले निर्देशन दिएको छ ।
अख्तियारले बजार अनुगमनलाई प्रभावकारी बनाउन भनेको छ । यस्तै परामर्शदाताले दिएको गलत ड्रइङ डिजाइनका कार्यबाट हुने हानि नोक्सानीलाई कानुनी कारबाहीको दायरामा ल्याउन अख्तियारले भनेको छ । अख्तियारले कार्यकारी र नियमनकारी दुवै कार्य गर्ने निकायहरूको कार्य विभाजन गरी नियमनकारी वा कार्यकारी कार्यमध्ये कुनै एकमा मात्र कार्यक्षेत्र रहने गरी कानुनी व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । अख्तियारले हुण्डी, क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।





प्रतिक्रिया