काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको बताए । आफूहरूले नचाहेको दिन प्रचण्ड प्रधानमन्त्री रहिरहन नसक्ने उनको भनाइ छ ।
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए । यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने भन्दै उनले त्यसमा सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने उनको भनाई थियो ।





प्रतिक्रिया