देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतीक्षा


जीवनको अर्थ नै प्रतीक्षा
पलपल नै प्रतीक्षा
रुङ्नु, ढुक्नु, पर्खनु
यो क्रमबद्धताबाट बनेको शृंखला
समाहित नहुन्जेलको समय–प्रवाह
जीवन,
जल कण सरह जुटेको
पर्खाइको प्रवाह नै जीवन
कफी टाइम त्यस्तै हो केहीवेर रोकिने
ट्रेन रोकिने सानो स्टेसनजस्तो
यात्राको अन्तिम पर्खाइ त विलय हो
त्यसको प्रतीक्षामा म रुकेको छैन
यात्रा अझै जारी छ
जब म देख्छु मुलुकको हाल –
तहसनहस भएको
गफै गफको महल बनेर
निरर्थक प्रधानमन्त्री
भालुभुत्ते शासन
त्यतिबेला म विवश हुन्छु
एउटा आगमनको लागि
जंगबहादुरको पर्खाइको