देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गणतन्त्रमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता : प्रचण्ड

देशान्तर

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चतम राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक गणतन्त्र मात्र भएको भन्दै यसमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता हुने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले यो गठबन्धनबाट जनतालाई समृद्धि दिनुपर्ने भन्दै आफूले सुरुमै राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि पहल गरेको भन्दै निर्वाचनपछि आफूले कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बताए ।


उनले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताए । उनले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफूलाई पहिले मनमा चिसो पसेको तर कार्यक्रममा आए पछि हटेको बताए ।
अध्यक्ष नेपालले सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै कसरी अघि बढेन भनेर मन्थन गर्न चाहिरहेको बताए ।