नेपाली पाइलटले एयरबस ३२० को परीक्षक पाइलट (डीसीपी-ए) को लाइसेन्स पाएका छन् ।
नेपाल वायुसेवा निगममा एयरबस ३२० उडान गरिरहेका सिनियर प्रशिक्षक पाइलट दीपु ज्वारचनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षक पाइलटको लाइसेन्स दिएको हो
ज्वारचन नै एयर बस ३२० को पहिलो नेपाली परीक्षक पाइलट रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए । अब ज्वारचन पाइलटहरूको परीक्षासमेत लिन पाउने प्राधिकरणले जनाएको छ ।ज्वारचनले प्रशिक्षक पाइलटको रुपमा पाइलटहरूलाई तालिम दिन्थे। अब भने उने पाइलटहरूको परीक्षासमेत लिन पाउने छन्।
उनले अब एयरबस ३२० जहाज उडानका को-पाइलट तथा पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्। अहिलेसम्म नेपालमा विदेशी पाइलटबाट नै पाइलटहरूको परीक्षा लिनु पर्ने अवस्था थियो ।
योसँगै एयरबस ३२० को पाइलट परीक्षा नेपाली पाइलटबाट नै हुने भएको छ। ज्वारचन २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडान गरिरहेका छन्। २००७ मा खुला प्रतिस्पर्धाबाट निगमको प्रवेश गरेका ज्वारचनले २०१५ सम्म टि्वनअटर जहाज उडान गरेका थिए ।
उनी २००७ मा को-पाइलटको रुपमा नेपाल एयरलाइन्स प्रवेश गरेका थिए । २०१५ बाट एयरबस ३२० उडान गरिरहेका ज्वारचनले २०२२ मा प्रशिक्षक पाइलटको लाइसेन्स पाएका थिए ।
प्रशिक्षक पाइलटको लाइसेन्स लिएको दुई वर्षनबित्दै उनले परीक्षक पाइलटको लाइसेन्स पाएका हुन् । ज्वारचनले करिब ९ हजार घण्टा जहाज उडाएका छन् ।





प्रतिक्रिया