देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा र वृक्षरोपण

देशान्तर

काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

बिहीबार काठमाडौं आईपुगेकै दिन उच्चस्तरीय  भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका छन् । 

शुक्रबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ ।

नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् ।

त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ । 

जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो वदेश फर्किने कार्यक्रम रहेको छ ।