देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

देशान्तर

हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यत: सभापति शेरबहादुर देउवा र शेखर कोईराला समूह बिचमा लफडा नै भएको थियो ।

त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोईराला बैठक नै छाडेर हिडे । बैठक छाडेर हिडेका कोईरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो । 

र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुंगियो र प्रेसलाई बिहान ६:२९ बजे मुख्यसचिब कृष्णप्रसाद पौडेलले ईमेलमार्फत जानकारी गराए। 

तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टी जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २ बुदेँ फरक मत दर्ज गराएका हुन् ।

यस्तो छ उनको फरक मत:

‘हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।

यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो तर आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।’

‘निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ, 

अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुत बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।’