देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

देशान्तर

काठमाडौं । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। 

महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड-१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो। 

महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अनुरोध गरेको छ।

केही देशहरुमा कोभिड-१९ संक्रमणको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ। नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण बढिरहेको सन्दर्भमा संक्रमण र त्यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड अपनाउने निर्णय गर्दै आजै सबै निकायमा सर्कुलर गरेको जनाएको छ।