देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार तरकारीबारीको बुख्याचा जस्तो भयो : केपी ओली

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तरकारी बारीमा राख्ने बुख्याचाजस्तो निकम्मा भएको आरोप लगाएका छन् ।

विहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकार निकम्मा मात्रै होइन भ्रष्टाचार, तस्करी, कमिसनखोरी र त्यसको संरक्षक भएको आरोप लगाएका हुन् । उनले भने, ‘सरकार तरकारी बारीको बुख्याचा जस्तो भयो । केही गर्न सकेन ।

अहिले त त्यसका टाउकामा सुगा–काग सबै बस्छन् । किनभने सबैले चिनिसके । सरकार बुख्याचा हो । केही गर्न सक्दैन् र सक्नेवाला छैन् । सरकार निकम्मा भयो । निकम्मा मात्रै भएको भए हुन्थ्यो तर भ्रष्टाचार, तस्करी, कमिशनखोरी र त्यसको संरक्षक भयो । त्यसैले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छ ।’

उनले गठबन्धन देशका लागि हानीकारक भएको भन्दै यसले देश र राष्ट्रियतालाई कमजोर पारिसकेको बताए । उनले भने, ‘यीनिहरु(गठबन्धन)को घाँटी एकै ठाउँमा जोडिएको छ ।

एकै वंशका, एकै नश्लका र भ्रष्टचारी वंशका भए । गोत्र निकम्मा भयो । देशद्रोहीहरु सबै एकै खालका हुन्छन् र एकै स्थानमा बस्छन् । हामीले जनतासँग मिलेर देश जोगाउन आन्दोलनमा उत्रिनपर्ने र देश जोगाउनुपर्ने आवश्यकता छ । त्यो भन्दा हामीले आफूलाई सशक्त रुपमा संगठित गर्नुपर्छ ।

’यस्तै, उनले खेलको प्रशंग जोड्दै खेल खेलाडीहरुको मात्रै नभइ शारीरिक स्वास्थको लागि अनिवार्य भएको बताए । खेलाडीहरु सबैभन्दा बढि अनुशासनमा बस्ने गरेको भएपनि अहिले समाजमा अनुशासन कम हुँदै गएको बताए ।