देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टुंगिनै पर्दछ


प्रत्येक सुरुवात
टुंगिनै पर्छ
तर पनि
यात्राको क्रमबद्धता
जब भत्किन्छ
मनभित्रको धरातलबाट
आकाश र धर्ती छुने आवेग निस्कन्छ
उथलपुथल भएर, निसास्सिएर
हराएको बेला
सुनामी उठिरहेको हुन्छ
संरचनाहरू तहसनहस भएका हुन्छन्
बाँकी रहन्छ शून्यता मात्र
समयसँग आबद्ध
त्यो असीमित शून्यताभित्र
थाहा नभएको आशा
कुनै क्षण चल्मलाउँदा
लाग्छ त्यो कुनै कुनामा सुतिरहेको छ
त्यो उठ्न सक्छ
त्यतिबेला लाग्न सक्छ
फेरि पनि यात्रा सुरु हुन सक्छ कि भनेर
तर अर्कै गोरेटो समातेर
अर्कै परिवेशमा आबद्ध भएर
यो सम्भावनाबाट उद्गम भएको यात्रा
एउटै सुरुवातको खण्ड हो
अन्ततः टुंगिनै पर्दछ
मञ्जिलमा पुगेर होस्
या नहोस् ।