भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानले पुरस्कार छनोट समिति गठन गरेको छ ।
संस्थाका अध्यक्ष कविर राणाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष राणा, सल्लाहकारहरू डा. ध्रुवचन्द्र गौतम, हरिहर विरही र माथवरसिंह बस्नेत र महासचिव रवि राणा रहेको पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको हो । प्रतिष्ठानले स्व. मीनकुमारी राणाको स्मृतिमा स्थापित अक्षय कोषबाट दोस्रो पुण्यतिथिमा प्रजातन्त्र सेनानी सम्मान (पुरस्कार), राष्ट्रिय पत्रकारिता पुरस्कार र राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गर्नेछ ।
त्यसका लागि गठन गरिएको छनोट समितिले माघको अन्तिम साता प्रदान गरिने पुरस्कारहरूको लागि व्यक्तिहरू छनोट गने छ । छनोट समितिको सिफारिसमा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूले जनही ५१ हजार १ रुपैयाँ र सम्मानपत्र प्राप्त गर्नेछन् ।





प्रतिक्रिया