देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापालाई सम्मान

देशान्तर

काठमाडौं । नेपाल पर्यटक गाइड संघले पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापालाई सम्मान गरेको छ । विहीबार राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योगदानको कदर गर्दै एक कार्यक्रमकाबिच संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले सम्मान गरेका हुन् ।

थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिदै उनले नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।