देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरका शिक्षा विभागका प्रमुख कोइरालालाई ७ दिने स्पष्टीकरण

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई ७ दिने स्पष्टीकरण सोधेका छन् । बालेनले कोइरालालाइ केही दिन बिदामा बस्न पनि निर्देशन दिएका छन् ।


कोइरालासंग महानगरको शिक्षा बोर्डको सहमतिविना मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाइ प्लस टु चलाउन अनुमति दिएको आरोपमा स्पष्टीकरण सोधिएको हो । यसअघि विद्यासुन्दर शाक्यको पालामा पनि रत्नराज्यलाई प्लस टुको अनुमति दिने विषय विवादित बनेको थियो ।

काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।