देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु

देशान्तर

तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पु¥यायएका मोटर साइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए ।

त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नंम्बरको मोटरसाईकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए ।

डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पु¥याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

ट्रकका चालकलाई नियमन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।